नेप्से परिसूचकमा उच्च गिरावट, ९ अर्ब १४ करोडकाे काराेबार

354 Shares

काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २ हजार ५९६.७४ विन्दुमा बन्द भएको हो।

परिसूचकसँगै आज कारोबारसमेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा आज कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

बजारमा आज होटल र हाइड्रो समूहको मूल्यमा उच्च गिरावट आएको छ । बजारका सबै समूह आज नकारात्मक देखिएका छन् ।