वस्तु आयातभन्दा निर्यात कम, खानेतेलमा झनै घाटा

269 Shares

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा खानेतेलमा निर्यातभन्दा बढी आयात पाइएको छ। गत वर्षको तुलनामा १ खर्बभन्दा बढी निर्यात भएको तथ्यांक सार्वजनिक भइरहँदा खानेतेल निर्यातभन्दा कच्चापदार्थ आयातको तथ्यांक बढी देखिएको हो ।

चालू आवमा कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ । आयातको तुलनामा निर्यात थोरै मात्र भएकाले नेपालको निर्यात व्यापार अस्वाभाविकसमेत देखिएको छ । ११ महिनामा १ खर्ब ७ अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भएको देखिएको छ ।

भटमासको तेल, माछाको तेल, जैतुनको तेललगायतका गरेर कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ । यो हिसाबले ६ अर्ब रुपैयाँको खाने तेलमा व्यापार घाटा देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको निर्यात व्यापार भएको थियो ।

चालू आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको कुल निर्यात भएको छ । निर्यातमा प्रगति भएको देखिएको भए पनि वास्तविकता भने कहालीलाग्दो देखिएको छ । खानेतेलको कच्चा पदार्थको आयातको हिस्सा निर्यातभन्दा अधिक आयात भएकाले नेपालको व्यापार स्थिति मजबुत नदेखिएको हो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा भटमास मात्रै ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँको आयात भएको छ । भटमासलाई प्रशोधन गरेर कुल ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँको तेल निर्यात भएको छ । यसमा मात्रै व्यापार घाटा २ खर्ब २० करोड रुपैयाँको रहेको छ ।

यसैगरी, सनफ्लावर तेलको कच्चा पदार्थ मात्रै २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँको आयात भएको छ । सोही सनफ्लावर संशोधन गरेर ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ । यसमा पनि साढे १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

पछिल्लो समय खानेतेलको आयात र निर्यात अस्वाभाविकरूपमा बढेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्षमा खानेतेलमध्ये भटमास, पाम, जैतुन, तोरी, सनफ्लावर, नरिवल, माछाको तेल, मकै, आलुसमेतको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, अमेरिका, थाइल्यान्डलगायत मुलुकबाट कच्चा तेल आयात भएको छ ।

११ महिनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा ठूलो परिमाणमा भटमासको कच्चा तेल आयात भएको छ । सो अवधिमा ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको कच्चा तेल आयात भएको हो । यसैगरी दोस्रो ठूलो परिमाणमा २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँबराबरको सनफ्लावर तेल आयात भएको छ ।

यसैगरी तेस्रोमा ५ अर्ब ४८ करोड ७९ लाख १८ हजार रुपैयाँको पाम तेल आयात भएको छ । यसमा रिफाइन गरिएका अन्य पाम तेलसमेत जोड्ने हो भने कुल १० अर्ब ७९ करोड ५७ लाख ८४ हजार रुपैयाँको पाम तेल आयात भएको छ । भटमासको तेल, माछाको तेल, जैतुनको तेललगायतका गरेर कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजारको खानेतेल आयात भएको देखिएको छ ।

आयातको तुलनामा निर्यात थोरै मात्र भएकाले नेपालको निर्यात व्यापार अस्वाभाविकसमेत देखिएको छ । ११ महिनामा १ खर्ब ७ अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भएको देखिएको छ । बाहिरी मुलुकबाट ठूलो परिमाणमा तेल आयात भएर सानो परिमाणमा मात्रै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । पछिल्लो पटक नेपालबाट भारतमा भटमास तेल निर्यात ह्वात्तै बढेको छ ।राजधानीबाट