सुनको मूल्य आठ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

293 Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै  लागू हुने स्पष्ट पारेको छ । 

‘असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँग भएको परामर्श अनुसार, मिति २०८२ साउन १ गते अघि सम्म सो विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ’, महासंघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  महासंघले विलासिता कर खारेजीको माग गर्दै आएको छ ।