कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? : ऊर्जामन्त्री खड्का

309 Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ । 

मङ्गलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आलोचना गर्नुभएको हो । उहाँले कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पुर्याउने चेतावनी दिनुभयो । 

व्यक्तिगत जिम्मेवारीबारे आत्मसमीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिनुभयो । मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गर्नुभयो । उहाँले काममा प्रतिबद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रहसमेत गर्नुभयो ।  

उहाँले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताउनुभयो । उहाँले प्रतिबद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गर्नुभयो ।