299
Shares
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २ हजार ६५४.७५ को विन्दुमा कायम भएको छ ।
यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको कारोबार भएको छ ।
आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भयाे । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । त्यस्तै सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफका लगानीकर्ता रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया