नेप्से परिसूचक ३.४० अङ्कले बढ्याे

326 Shares

काठमाडौँ । नेप्से परिसूचक ३.४० अङ्कले बढेको छ । यससँगै परिसूचक २ हजार ६५९.२६ विन्दुमा पुगेर बन्द भएको छ । 

झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने बढेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।

आज कूल ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयरको कारोबार भयो । आज होटल समूहमा उत्साहजनक सुधार देखिएको छ । फाइनान्स र हाइड्रो समूहमा आज १ प्रतिशत बढीले घटेको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ ।