काठमाडाैं । वाणिज्य बैंकहरूले असारका लागि पनि व्याजदर घटाएका छन् ।
बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार औसत ब्याजदर जेठको तुलनामा असारमा केही घटेको छ ।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशत विन्दुमा रहेकामा असारका लागि ०.०५ प्रतिशतले घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ । सञ्चालनमा रहेका २० मध्ये १५ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँच वटा बैंकले घटाएका छन् ।
कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले असारका लागि ब्याजदर घटाएका हुन् । असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ । ती दुवै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।
यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरुमा कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । यी बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया