298
Shares
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगततर्फ पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, वित्तीय व्यवस्था अन्तर्गत ६१ करोड ५० लाख रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणबापत ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया