मधेस प्रदेशकाे बजेट ४६ अर्ब ५८ करोड

297 Shares

जनकपुर । मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभाको बैठकमा बजेट घोषणा गरेका हुन् । 

चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । 

स्रोततर्फ आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।