उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

408 Shares

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा बिहीबार अपराह्न आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए । 

त्यस अवसरमा राजदूत लरेन्जोले युरोपेली सङ्घमा आबद्ध देशहरुको नेपालसँग सुमधुरसम्बन्ध रहेको चर्चा गर्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए । नेपाललाई युरोपेली सङ्घको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उनले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली सङ्घको साथ तथा  सहयोग रहने बताए । 

हामी जलवायु सङ्कट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि सङ्घले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए । रासस