अरुकाे नक्कल गरेर भाषाको उचाई नघटाऔँः प्रधानमन्त्री

442 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

बुधबार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लोस्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो । 

नेपाली भाषा विश्वकै धनी भाषा भएको उहाँको भनाइ छ । अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन आग्रह गर्दै उहाँले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्न नहुने भन्दै हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरु भाषामा नभएको बताउनु भयो ।