वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन हुने

340 Shares

काठमाडाैं । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाकाे बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आइतवार दिउँसो सवा १ बजे बस्नेछ ।