काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको समेत बताउनु भयो ।
सत्ता गठबन्धनमा समेत कुनै समस्या नभएको दाबी गर्दै उहाँले वर्तमान निर्वाचन प्रणालीमा कुनैपनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनु भयो ।
वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया