काठमाडौं । वामपन्थी नेता एवं साहित्यकार प्रदीप नेपालको आज निधन भएकाे छ । नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे निधन भएको हाे ।
नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उहाँको आजै पशुपतिमा दाहसंस्कार गरिने उहाँका भाइ समिर नेपालले जानकारी दिनुभयाे ।
समिर नेपालका अनुसार सामान्य हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको हाे । पूर्वमन्त्री नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित हुनुहुन्थ्याे । रोगले शिथिल बनाउँदै लगेपछि पछिल्ला दिनमा उहाँ राजनीतिबाट निष्क्रिय बन्नुभएकाे थियाे ।
२०१० सालमा जन्मिएका नेपाल २०५१ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बन्नुभएकाे थियाे । त्यसपछि उहाँ शिक्षा मन्त्री पनि हुनुभयाे । उहाँ नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्यसमेत हुनुहुन्थ्याे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया