रङ्ग मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

343 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताउनु भयो। 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उहाँले रङ्ग मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले अहिलेका राजनीतिक दलहरुको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदुत भइसकेका व्यक्तिको अभिव्यक्तिहरुबाट मिल्ने बताउनु भयो । 

प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याइदिएको बताउनु भयो ।