जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?

384 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ। 

मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो । उहाँले गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो ।

नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उहाँको आरोप छ । सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।