नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण छः काँग्रेस

345 Shares

काठमाडाैं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

संसद भवन परिसर नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरु लागू गर्नसक्ने खालका नरहेको बताउनुभएको हो । आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णरुपमा लागू हुन्छ भन्नेमा शंका रहेको उहाँको भनाइ छ । 

प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरु समग्ररुपमा राम्रो आएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्ने कुरा सरकारको लागि गम्भिर प्रश्न रहेको बताउनु भयो ।