ट्यारिफ वारले विश्वव्यापी संकटको खतरा छ, नीति तथा कार्यक्रममा समाधान खै ?: वर्षमान पुन

344 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताउनुभएको छ।

प्रतिनिधि सभाको सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताउनु भयो । उहाँले पश्चिमा विश्व नै उदारीकरण नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाउनु भयो । 

पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेकोसमेत जिकिर गर्नुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले ट्यारिफ वारले निम्त्याउनसक्ने समस्याको समाधान कसरी गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको धारणा राख्नुभयो । उहाँले सरकारलाई थप जिम्मेवार र प्रतिबद्ध बन्नसमेत सुझाव दिनुभयो ।  

उहाँले नीति तथा कार्यक्रम अध्ययन गर्दा सरकार केही कुरामा अल्मलिन र पछाडि फर्कने खोजेको धारणा राख्नुभयो ।