आईपीएलबाट बाहिरियो हैदरावाद

504 Shares

काठमाडौं । दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। 

११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो। हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ।

हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो । १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्नै पाएन । 

दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुलले १० रन जोडे । अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्कसमेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो। 

हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्नेछ। सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्कसहित पाँचौँ स्थानमा छ।