सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छः अध्यक्ष दाहाल

388 Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाउनुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ ।

उहाँले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार बढेको र ग्रे लिष्टमा परेको भएपनि सरकारले उक्त कुरामा तपशीलको लक्ष्य राखेको आरोप लगाउनु भयो । 

सरकारसँग संख्याको दम्भ रहेको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको अध्यक्ष दाहालको आरोप छ।