काठमाडौं । रोमानियालीहरूको संघको लागि गठबन्धनका अध्यक्ष जर्ज सिमियन र बुखारेस्टका मेयर निकुसर डान मे १८ मा हुने रोमानियाको राष्ट्रपति चुनावको अगाडि आएका छन् ।
रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले आइतबार पुनः सञ्चालनमा ल्याएको पहिलो चरणको राष्ट्रपति चुनावको वास्तविक–समय प्रारम्भिक नतिजापछि यो घोषणा गरिएको हो । ९९.५३ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि ३८ वर्षीय सिमियनले ४०.५६ प्रतिशत मतसहित अग्रता कायम राख्नुभएको छ।
स्वतन्त्ररूपमा उम्मेदवार बनेका डान २०.९१ प्रतिशत मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । २०.३२ प्रतिशत मतसहित चुनावी गठबन्धन रोमानिया फरवार्डका उम्मेदवार क्रिन एन्टोनेस्कु पछाडि हुनुहुन्छ । रोमानियाका राष्ट्रपतिले पाँच वर्षको कार्यकाल सेवा गर्छन् । जसमा अधिकतम दुई लगातार कार्यकाल अनुमति दिइन्छ ।
रोमानियाको संविधान अनुसार यदि कुनैपनि उम्मेदवारले पहिलो चरणमा पूर्ण बहुमत प्राप्त गर्न सकेन भने दुई हप्तामा शिर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको चुनाव हुनेछ । अनियमित प्रचार अभ्यास र विदेशी हस्तक्षेपको आरोपपछि गत नोभेम्बरमा भएको रोमानियाको राष्ट्रपति चुनाव रद्द गरिएको थियो ।सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया