आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

363 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ। यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिमा २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे । पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ। लखनउ भने १० अंकसहित सातौं स्थानमा छ।

आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो। कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १०५ रन बनाएको हो ।