विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले घेरे मेधस प्रदेश गृह मन्त्रालय

442 Shares

काठमाडाैं । मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकार अन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् । 

‘एक शहीद, एक रोजगार’ कार्यक्रम अन्तर्गत प्राप्त रोजगारी खोस्ने तयारी गरिएको आरोप लगाउँदै उनीहरूले गृह मन्त्रालय घेराउ गरेका हुन् । शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्ना आवाज नसुनिएको गुनासो गर्दै मन्त्रीहरू भेट्नसमेत नआएको आरोप लगाए । उनीहरूको भनाइअनुसार कतिपय शहीद परिवारका सदस्यहरूलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित तलव दिइएको छैन । 

यस्तै बलिदानी दिवसको अवसरमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि हालसम्म त्यसमा कुनै प्रगति नभएको उनीहरूको गुनासो छ। आन्दोलनरत शहीद परिवारले गृह मन्त्रालयलाई आफूहरुको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहने बताएका छन् ।