दलित समुदायको अधिकार तथा विकाससम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेश

332 Shares

काठमाडाैं । ‘दलित समुदायको अधिकार तथा विकाससम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ राष्ट्रिय सभामा पेश भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रतिवेदन छलफलका लागि पेश गर्नुभएको हो । उहाँले दलित समुदायको जनसंख्या वृद्धि भएको बताउनु भयो । अरु सबै समुदायको जनसंख्या घटिरहेको अवस्थामा दलित समुदायको जनसंख्या करिब चार प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ । दलित समुदायको साक्षरता दर ८३ प्रतिशतभन्दा माथि रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सभाबाट पारित भएका दलित समुदायको सवालबारे प्रस्तावहरु सम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि निर्देशन दिएको पनि बताउनु भयो ।

सभापति पन्तले प्रदेश तथा स्थानीय तहमा दलित समुदाय आर्थिक, राजनीतिक तथा सामुहिक बाँच्न पाउने अधिकारबाट समेत वञ्चित रहेकाले संरचनात्मक भूमिका थप चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।