काठमाडाैं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गर्नुभएको छ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाउनु भयो ।
उहाँले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको आरोप लगाउनु भयो । आम जनता पार्टी (आजपा)का अध्यक्षसमेत रहनुभएका साहले नीति तथा कार्यक्रमले धर्मराइरहेको आशालाई जीवित गर्नुको सट्टा चिसो पानीमा खनाएको जस्तै भएको टिप्पणी गर्नुभयो ।
उहाँले यो नीति तथा कार्यक्रमले नेपाली जनतालाई उत्साहित गर्न नसक्नेसमेत जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया