396
Shares
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताउनुभएको छ।
शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताउनु भयो । सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने बताउनु भयो ।
सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया