नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

449 Shares

काठमाडाैं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताउनुभएको छ ।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्गचित्र नभएको सापकोटाको दाबी थियो । नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पार्नुभयो । 

उहाँले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगता मात्र भएको बताउनु भयो ।