काठमाडाैं । २०८२ साल बैशाख १८ गते बिहीवार तदनुसार १ मे २०२५ चतुर्थी तिथि २७ घडी ४० पला उप्रान्त पञ्चमी तिथि प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र ३४ घडी ५४ पला उप्रान्त आद्रा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग कौलव करण आज बिहान सूर्योदय ५ः २७ मा भयो भने सर्यास्त ६बजेर ३७मिनेटमा हुनेछ। आज बिहीवार चन्द्रमा मिथुन राशिमाः
२०८२ वैशाख १८ गते बिहीबार
मेष राशि
आकस्मिक खर्चको मात्रा बढेर जानेछ । पारिवारिक मनमुटावको सृजना हुनेछ । लेखन शैलीमा कमि आउने देखिन्छ । झुट्टा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ ।
वृष राशि
पराक्रम बढेर जानेछ । बोलीमा मिठास छाउनेछ । साथिभाइको सरसहयोग मिल्नेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । सौन्दर्यतामा मन जानेछ । तरलपदार्थबाट राम्रै लाभ लिन सकिनेछ ।
मिथुन राशि
पैत्रिक सम्पत्तिको विषयले दाजुभाइमा मनमुटावकाे सृजना हुनेछ । जग्गा जमिनसम्बन्धी विवादले सताउनेछ। लेखन शैलीमा कमि आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कर्कट राशि
मान सम्मान पाइने योग छ । जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ । अध्यन सम्बन्धी काममा सफलता मिल्नुका साथै साथीभाइको सहयोगले काममा सफलता मिल्ने देखिन्छ ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । धार्मिक कार्यमा बाधा आउनेछ । शेयर कारोबारबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै पारिवारिक कलह बढेर जाने देखिन्छ।
कन्या राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ, सजग रहनुहोला।
तुला राशि
बोलीको प्रभाव बढेर जानेछ । नयाँ साथीको आगमनसँगै काममा सफलता मिल्ने देखिन्छ। अनावश्यक विवादको अन्त्य भएर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ।
वृश्चिक राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन् । काममा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइने योग छ।
धनु राशि
आकस्मिक खर्चको मात्रा बढेर जानेछ । मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । बोलीमा कठोरता हुनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
मकर राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । मातृ स्वास्थ्यमा सुधार भएर जानेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ। बोलीमा मिठास छाउने छ।
कुम्भ राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । दाजुभाइको सरसहयोगले काममा थप हौसला मिल्नाले मनमा खुसी छाउनेछ।
मीन राशि
न्याय कार्यमा तपाईंकै जित हुनेछ सवारी साधन खरिद बिक्री गरिने योग छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ भोजभतेरमा सहभागी भइनेछ।
ज्याेतिषः प्रमाेद भट्टराई
फेसबुकबाट तपाईको प्रतिक्रिया