काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.ले ग्राहकहरुकाे हितलाई ध्यानमा राखि नवीकरण बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क छुट दिने भएकाे छ । १५ दिनसम्म यस्ताे छुट हुने कम्पनीले जनाएकाे छ । तर यसका लागि भने केही शर्त पूरा गर्नु पर्नेछ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. का नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधी नाघी ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी वैशाख १६ देखि ३१ सम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट (समुन्नती जीवन बीमा योजना बाहेक) प्रदान गरिने भएकाे हाे ।

शर्तहरूः
१) २ वर्षभित्रको ब्यतित बीमालेखहरूमा : ७५% छुटः यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२) २ देखि ३ वर्ष अवधिसम्म व्यतित बीमालेखहरूमा : ५०% छुटः यसभन्दा पहिले बिलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पूरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।
३) ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरूमा : २५% छुटः बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया