काठमाडाैं । २०८२ साल बैशाख १३ गते शनिबार । तदनुसार २६ अप्रिल २०२५ त्रयोदशी तिथि १ घडी ५० पला उप्रान्त चतुर्दशी तिथि प्रारम्भ हुनेछ । रेवती नक्षत्र ५३ घडी २८ पला उप्रान्त अश्विनी नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः ३१ मा भयो भने सर्यास्त ६ बजेर ३४ मिनेटमा हुनेछ । आज शनिबार चन्द्रमा मिन राशिमा ।
२०८२ साल वैशाख १३ गते शनिबार
मेष राशि
बाेलीको प्रभाव बढेर जानेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ। ठूला व्यक्तिहरूको प्रशंसानीय भइनेछ । आफन्तबाट सरसहयोग प्राप्त हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
वृष राशि
दौडधुपमा समय व्यतित हुने देखिन्छ । अध्ययन अध्यापनमा बाधा आउनेछ । सामाजिक काममा विवादको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ।
मिथुन राशि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। शैक्षिक कार्यमा सफलता मिल्ने देखिन्छ । दाजुभाइको सरसहयोगले काममा वृद्धि भएर जाने देखिन्छ ।
कर्कट
मानसम्मानमा कष्टता आउनेछ । लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ। चर्मसम्बन्धी रोगले सताउनुका साथै अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक कलह बढेर जानेछ । राज्यपक्षबाट केही कष्टता पाउनुका साथै शेयर कारोबारमा उत्तरचढाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कन्या राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । विद्या क्षेत्रमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा थप लगानी गरिने योग रहेको देखिन्छ।
तुला राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ ।
वृश्चिक राशि
काममा ढिला सुस्ती भएर जानेछ। अनावश्यक विवादको मात्र बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । मानसम्मानमा आघात पुग्ने देखिन्छ।
धनु राशि
आयआर्जनमा कमी आउनेछ । गरिरहेको काममा बाधा आउनका साथै मात्रै स्वास्थ्यमा उतारचढाव आउनेछ। धार्मिक कार्यमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
मकर राशि
पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। बोलीमा मिठास छाउनेछ। पारिवारिक जमघटमा समय व्यतीत हुनेछ । आयमा वृद्धि हुनाका साथै प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ।
कुम्भ राशि
वैदेशिक कार्यमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन् ।
मिन राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। पतिपत्नीबीच सानो कुरामा पनि विवादको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । पठनपाठनमा पनि बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
ज्याेतिषः प्रमाेद भट्टराई ।
फेसबुकबाट तपाईको प्रतिक्रिया