279
Shares
काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु र २० जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
स्थानीय प्रहरी स्रोतका अनुसार जमशोरो जिल्लामा यो घटना भएको हो । जहाँ ३० भन्दा बढी व्यक्ति बोकेको यात्रुबाहक भ्यान सडकबाट खोलामा खसेको थियो ।
मृत्यु हुनेमा चार बालबालिका पनि छन् । घाइते यात्रुहरूमा धेरै महिला र बालबालिका रहेका छन् । सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया