काठमाडौँ । सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले तोकेअनुसार न्युनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको आरोप लगाएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरुलाई माइतीघरमै प्रहरीले रोकेको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ ।
चिकित्सक संघले आफ्ना मागहरू पूरा नभए वैशाख १२ गते देशभरका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया