42
Shares
नेपाली बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम रहेको बताउनुभयो ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्यसँग तुलना गर्दा सुनको भाउमा उल्लेख्य गिरावट आएको हो ।
चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको थियो । चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको हो ।
सुन तथा चाँदीको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा दुवै धातुको कारोबार मूल्य घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया