सुनको मूल्यमा पुनः गिरावट, तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

54 Shares

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम आइतबार पनि जारी रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

नोभेम्बर १७ मा प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आजसम्म आइपुग्दा २४ हजार ६ सय रुपैयाँले घटिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा बजारको अवस्थाले नेपाली बजारमा समेत प्रभाव पार्ने गरेको छ । मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।