काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला २ हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलामा पाँच सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे हाे। सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार तोलामा ४ हजार ७ सय ६५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार चार सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया