सबै जिल्लाका पीडितका लागी  तत्काल उद्धार तथा राहत कार्यमा जुटन सरकारलाई ऋषि धमलाको आग्रह

27 Shares

रिपोर्टस कलवका अध्यक्ष ऋषि धमलाले आज  पत्रकार सम्मेलन गर्दै, बाढी पिडितलाई तत्काल  तीव्र रुपमा उद्धार तथा राहत कार्यलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । बिहिबार अनामनगर स्थित स्टार बोस क्याफेमा प्रत्रकारहरुको माझमा बोल्दै अहिले सम्म के कति क्षती भएको हो, त्यसको पूर्ण जानकारी स्पस्ट रुपमा आउन नसकेको धमलाले बताउनु भयो  । रसुवा नाका हुदै आएको बाढीले त्रिसुली,नुवाकोट हुँदै धादिङ  सम्मका क्षेत्रमा ठूलो असर परेको बताउनु भयो । उहाँले सबै जिल्लाका पीडितलाई तत्काल उद्धार तथा राहत कार्यमा जुटन सरकारलाई आग्रह समेत गर्नु भयो । अहिलेको अवस्थमा सबै जिल्लाहरुबाट आफूलाई उद्धार तथा राहत कार्यकालागी फोन आईरहेको बताउनु भयो ।

साथै उहाँले बुधबार मात्र ३० जना घाईतेलाई भेटेर आएको पनि बताउनु भयोे । अहिले सरकारले घाईतेहरुलाई निशुल्क उपचार गर्ने भनेको प्रतिवद्धतालाई पुरा गर्न समेत आग्रह गर्नु भयो । उद्धारसँगै राहतको कुरालाई बिशेष ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको छ । विगतमा जस्तै अहिलेको सरकारले राहत वितरण कार्यमा कुनै गडबड नगरी वास्तबिक पीडितको हातमा राहत पुरयाउन अपिल गर्नुभएकोे  छ । साथै उहाले नागरिक बचाउ अभियानमा सहयोगका हातहरुलाई अघि बढाउन पनि आग्रह गर्नु भएको छ । यो विपतमा सयौको संख्यामा ब्यक्तिहरुको मृत्यू हुनुका साथै हजारौले आफनो घरबार घुमाएको बताउनु भएको छ ।

त्यसैले एकदेखि तीन बर्ष भित्रमा घरबार बिहिन भएका बाढीपीडिलाई निशुल्क घर बनाई दिनुपर्ने विषयमा सरकारलाई आग्रह गर्नु भएको छ । साथै धमलाले अहिलेको विपतमा आफू पनि  सहयोग गर्न तयार रहेको बताउनु भएको छ । यो पटकको उद्धार तथा राहत कार्यको नाममा कुनै पार्टीको झण्डलाई प्रयोग नर्गन, अपिल गर्नु भएको छ । यदि गर्नु परेमा देशको राष्ट्रिय झण्डालाई प्रयोग गरि आफ्नो देशको पहिचान दिन अनुरोध गर्नुएको छ । नागरिकहरुको एकता नै देशको भलाई, हुने भन्दै, बाढीपिडितले उद्धार तथा राहत खोजेको उहाँको भनाई रहेको छ । साथै धमलाले अबको उद्धार तथा राहत वितरण कार्यमा कुनै किसिमको राजनीतिकारण नहुन समेत आग्रह गर्नु भएको छ ।

अहिलेको बाढीले क्षती पुरयाएको भौतिक संरचना एकदेखि तीन बर्ष भित्रमा पुननिर्माण सम्पन्न गर्नु पर्नेमा सरकारले जोड दिनुपर्ने बताउनु भएको छ ।  बिगतका बर्षमा नेपालमा महाभुकम्प जादा पनि भारतले आफनो तर्फबाट सक्दो सहयोग गरेको बताउनु भएको छ । अहिले पनि सहयोगको रुपमा तत्कालै राहत पठाएको र आवश्यक परेमा उद्धार कार्यका लागी सेना समेत पठाई नेपालको मनोबल बढाउन सहयोग गरेकोमा धन्यबाद दिनु भएको छ । साथै छिमेकी मुलुक चिनले पनि उद्धार तथा राहतकार्यमा सहयोग गर्ने कुरा बताउनु भएको छ ।  

अहिलेको अवस्थामा आर्थिक तथा भौतिक रुपमा नेपाललाई बिभिन्न लगानीकर्ताहरुको आवश्यक भएकोले बाहिय लगानी कर्तालाई पनि आफूले सकेको  सहयोग आग्रह गर्नु भयो । बाढी पिडितलाई क्षती भएको भौतिक संरचना पुन निर्माणका लागी सरकारसँग  पनि पर्याप्त बजेट नभएकोले आम नागरिकहरुले पनि सकेको सहयोग गर्न आग्रह गर्नु भएको । अहिलेको विपत अवस्थामा आफ्नो ज्यानको बाजी थापेर खटिएका सुरक्षाकर्मीहरुलाई धन्याबाद समेत दिनु भएको छ । तर ४५ मिनेट अघि नै सुरक्षाकर्मीहरुले सूचना पाएपनि आधा घण्टा ढिला गरि बाढी आउन १५ मिनेट हुँदा मात्र जनताको माझमा सूचना सर्कुरल गरेकोले यो कुरामा भने उनीहरु चुकेको आरोप लगाउनु भएको छ ।