देशभर आज जनैपूर्णिमा तथा रक्षावन्धन पर्वको रौनग्ता

14 Shares

देशभर आज वैदिक सनातन धर्मावलम्बीहरूले पवित्र पर्व जनैपूर्णिमा (ऋषि तर्पणी) तथा रक्षावन्धन श्रद्धापूर्वक मनाउँदैछन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि नदी, ताल, तलैया तथा पवित्र कुण्डहरूमा स्नान गर्ने र गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गरिन्छ । साथै, तागाधारी समुदायले आजै पुरानो जनै त्यागेर विधिपूर्वक मन्त्रिएको नयाँ जनै धारण गर्ने प्रचलन रहेको छ । यस विशेष दिनमा काठमाडौंको पशुपतिनाथसहित देशभरका विभिन्न शक्तिपीठ तथा धार्मिक स्थलहरूमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

यो अवसरमा पशुपतिनाथ परिसमा रहेका श्रद्धालु भक्तजनहरु जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वको महत्वलाई यसरी बताउछन् । विशेष गरी तराई क्षेत्र र अन्य समुदायमा पनि दिदीबहिनीले दाजुभाइको नाडीमा रक्षावन्धन बाँधिदिई दीर्घायुको कामना गर्ने चलन छ । आजको दिन देशका विभिन्न धार्मिक स्थलहरुमा मेला समेत लाग्ने गर्छ । यही मेलाको अवसर पारेर यस पाली गोसाई कुण्डको दर्शनमा पुगेका केही नेपाली तथा बिदेशी श्रद्धालुहरूले भने कहिल्यै नफर्किने गरि ज्यान गुमाएका छन् ।

चिनको नाका रसुवाबाट स्याब्रुबेसि हुँदै आएको बाढीले गोसाईकुण्ड मेला तर्फ दर्शनमा गई रहेका तिर्थयात्रीहरुलाई वालुवामा मिल्काई दिएको छ । आज देशभर जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व मनाई रहदा कसैको सिउँदो लुटिएका छन् , कसैको कोख रित्तिएका छन्, कसैको घरबार खोसिएका छन् । त्यसैले कसैले आपसमा खुशी साटदै यो पर्व मनाई रहेका छन् भने कसैले आफन्त गुमाएको बिलौनाको आँशु बगाई रहेका छन् ।

अहिले देश शोकमा डुवेको छ । बर्षौको पसिनाले जोडिएका घर खेतहरु खोलाको बगरमा परिणत भएपछि कोही पीडितहरु सडक छेउको त्रिपालमुनी सुतिरहेका छन् । त्रिपालमुनी सुतिरहेका आफन्तहरुको लाश खोलाको बगारमा तैरि रहेका छन् । राज्यका सबै संवयन्त्र परिचान भए ति लाशहरु उठाउन ब्यएका छैनन् । यो बिनाशकारी बाढीको चपेटामा परेको यो बर्षको रक्षावन्धन पर्वले सबैको रक्षा गरुन् ।