23
Shares
काठमाडौँ । भोटेकोशीमा जलसतह पुनःबढेको छ ।
लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया