रिपोर्टस कलवका अध्यक्ष ऋषि धमलाले आज पत्रकार सम्मेलन गर्दै, बाढी पिडितलाई तत्काल तीव्र रुपमा उद्धार तथा राहत कार्यलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । बिहिबार अनामनगर स्थित स्टार बोस क्याफेमा प्रत्रकारहरुको माझमा बोल्दै अहिले सम्म के कति क्षती भएको हो, त्यसको पूर्ण जानकारी स्पस्ट रुपमा आउन नसकेको धमलाले बताउनु भयो । रसुवा नाका हुदै आएको बाढीले त्रिसुली,नुवाकोट हुँदै धादिङ सम्मका क्षेत्रमा ठूलो असर परेको बताउनु भयो । उहाँले सबै जिल्लाका पीडितलाई तत्काल उद्धार तथा राहत कार्यमा जुटन सरकारलाई आग्रह समेत गर्नु भयो । अहिलेको अवस्थमा सबै जिल्लाहरुबाट आफूलाई उद्धार तथा राहत कार्यकालागी फोन आईरहेको बताउनु भयो ।
साथै उहाँले बुधबार मात्र ३० जना घाईतेलाई भेटेर आएको पनि बताउनु भयोे । अहिले सरकारले घाईतेहरुलाई निशुल्क उपचार गर्ने भनेको प्रतिवद्धतालाई पुरा गर्न समेत आग्रह गर्नु भयो । उद्धारसँगै राहतको कुरालाई बिशेष ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको छ । विगतमा जस्तै अहिलेको सरकारले राहत वितरण कार्यमा कुनै गडबड नगरी वास्तबिक पीडितको हातमा राहत पुरयाउन अपिल गर्नुभएकोे छ । साथै उहाले नागरिक बचाउ अभियानमा सहयोगका हातहरुलाई अघि बढाउन पनि आग्रह गर्नु भएको छ । यो विपतमा सयौको संख्यामा ब्यक्तिहरुको मृत्यू हुनुका साथै हजारौले आफनो घरबार घुमाएको बताउनु भएको छ ।
त्यसैले एकदेखि तीन बर्ष भित्रमा घरबार बिहिन भएका बाढीपीडिलाई निशुल्क घर बनाई दिनुपर्ने विषयमा सरकारलाई आग्रह गर्नु भएको छ । साथै धमलाले अहिलेको विपतमा आफू पनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । यो पटकको उद्धार तथा राहत कार्यको नाममा कुनै पार्टीको झण्डलाई प्रयोग नर्गन, अपिल गर्नु भएको छ । यदि गर्नु परेमा देशको राष्ट्रिय झण्डालाई प्रयोग गरि आफ्नो देशको पहिचान दिन अनुरोध गर्नुएको छ । नागरिकहरुको एकता नै देशको भलाई, हुने भन्दै, बाढीपिडितले उद्धार तथा राहत खोजेको उहाँको भनाई रहेको छ ।
साथै धमलाले अबको उद्धार तथा राहत वितरण कार्यमा कुनै किसिमको राजनीतिकारण नहुन समेत आग्रह गर्नु भएको छ । अहिलेको बाढीले क्षती पुरयाएको भौतिक संरचना एकदेखि तीन बर्ष भित्रमा पुननिर्माण सम्पन्न गर्नु पर्नेमा सरकारले जोड दिनुपर्ने बताउनु भएको छ । बिगतका बर्षमा नेपालमा महाभुकम्प जादा पनि भारतले आफनो तर्फबाट सक्दो सहयोग गरेको बताउनु भएको छ । अहिले पनि सहयोगको रुपमा तत्कालै राहत पठाएको र आवश्यक परेमा उद्धार कार्यका लागी सेना समेत पठाई नेपालको मनोबल बढाउन सहयोग गरेकोमा धन्यबाद दिनु भएको छ । साथै छिमेकी मुलुक चिनले पनि उद्धार तथा राहतकार्यमा सहयोग गर्ने कुरा बताउनु भएको छ ।
अहिलेको अवस्थामा आर्थिक तथा भौतिक रुपमा नेपाललाई बिभिन्न लगानीकर्ताहरुको आवश्यक भएकोले बाहिय लगानी कर्तालाई पनि आफूले सकेको सहयोग आग्रह गर्नु भयो । बाढी पिडितलाई क्षती भएको भौतिक संरचना पुन निर्माणका लागी सरकारसँग पनि पर्याप्त बजेट नभएकोले आम नागरिकहरुले पनि सकेको सहयोग गर्न आग्रह गर्नु भएको । अहिलेको विपत अवस्थामा आफ्नो ज्यानको बाजी थापेर खटिएका सुरक्षाकर्मीहरुलाई धन्याबाद समेत दिनु भएको छ । तर ४५ मिनेट अघि नै सुरक्षाकर्मीहरुले सूचना पाएपनि आधा घण्टा ढिला गरि बाढी आउन १५ मिनेट हुँदा मात्र जनताको माझमा सूचना सर्कुरल गरेकोले यो कुरामा भने उनीहरु चुकेको आरोप लगाउनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया