त्रिविको ५१ औँ दीक्षान्त समारोह आज

206 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार आयोजना हुँदैछ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर तथा स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई २७ वटा पदक तथा पुरस्कार प्रदान गरिनेछ।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्म अध्ययन पूरा गरेका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। त्रिविका अनुसार विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका कुल ८९ हजार १९१ जना विद्यार्थी दीक्षान्त समारोहका लागि योग्य भए पनि औपचारिक रूपमा परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिने विद्यार्थीको संख्या १६ हजार ३८० मात्र रहेको छ।