काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ।
राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो ।
हरेक नेपालीहरुले दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताउनु भयो । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताउनु भयो । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताउनु भयो । मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया