प्रतितोला ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

348 Shares

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । 

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १ लाख ९१ हजार ६०० कायम थियो । 

यता चाँदीको मूल्य भने केही घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९५५ रुपैयाँ कायम भएको हो।