आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन फिर्ता

117 Shares

काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ ।

शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । 

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् । 

सहमतिसँगै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरुका मागहरु पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताउनु भयो । सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिन चिकित्सकहरु तयार रहेको बताउनु भयो । आवासीय चिकित्सकहरुलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गर्नुभयो । चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी मन्त्रालयले वातावरण बनाउने प्रतिबद्धता जनाउनु भयो । 

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताउनु भयो । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको बताउनु भयो । स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको बताउनु भयो । 

प्रतिबद्धता पूरा नभए आन्दोलनमा पुनः आउन बाध्य हुने चेतावनी दिनुभयो । उहाँले सरकारको तदारुकता र निजी मेडिकल कलेजको प्रतिबद्धताअनुसार फेरि आन्दोलनमा आउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो ।