विश्व मिर्गौला दिवस आज, मिर्गौला स्वास्थ्यबारे जनचेतना कार्यक्रम

133 Shares

काठमाडौं । विश्व मिर्गौला दिवस बिहीबार नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यप्रति जनचेतना फैलाउनु र मिर्गौलासम्बन्धी रोगको जोखिम कम गर्नु हो। मिर्गौला शरीरको संवेदनशील अङ्ग भएकाले यसको हेरचाह र प्रारम्भिक परीक्षणले धेरै रोगबाट जोगाउन सक्छ।

दिवसले जनतालाई मिर्गौला स्वास्थ्यमा सचेत रहन र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ।

नेपालमा करिब ३० लाखभन्दा बढी मानिसमा मिर्गौला समस्या रहेको अनुमान गरिएको छ। प्रत्येक वर्ष करिब ३ हजार मानिसको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ। मिर्गौलामा असर पार्न सक्ने विभिन्न कारणहरू भएकाले विशेष हेरचाह र सचेतना आवश्यक छ।

मिर्गौला रोगका प्रारम्भिक लक्षण नदेखिन सक्ने भएकाले समयमै परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। साथै मिर्गौला स्वस्थ राख्न दैनिक करिब तीन लिटर पानी पिउन र मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणमा राख्न चिकित्सकहरूको सल्लाह छ।