काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री पुग्यो

66 Shares


काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २ दशमलव ४ डिग्री सेल्सियसले बढेको छ । 
जल तथा मौसम विज्ञान विभागकले सोमबार बिहान ५ बजेर ४५ मिनेटमा उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको बताउनुभयो । यसअघि आइतबार बिहान सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । यससँगै एकै दिनमा उपत्यकाको न्यूनतम तापक्रम उल्लेख्य रूपमा बढेको देखिएको छ । रातिको समयमा आकाशमा बादल लाग्दा पृथ्वीबाट बाहिरिने ताप रोकिएर बिहानको न्यूनतम तापक्रम तुलनात्मक रूपमा बढी हुने गर्छ । 

यसैबीच, मौसममा हुने परिवर्तनसँगै उपत्यकाको बिहान र बेलुकाको तापक्रममा उतारचढाव देखिन सक्ने भएकाले सर्वसाधारणलाई मौसमअनुसार सावधानी अपनाउन सुझाव दिइएको छ ।