अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, नदीमा जलसतह बढ्दै

9 Shares

काठमाडौं । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

लगातारको झरीले सडक आवागमन, हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पु¥याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ ।

काठमाडौं उपत्यकामा शुक्रवार बिहानैदेखि निरन्तर वर्षा भइरहँदा प्रमुख नदीहरू वागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगायतका जलसतह बढेको छ कक। नदी तटीय क्षेत्र तथा होचा बस्तीहरूमा पानी पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले शतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

उपत्यकाका मुख्य सडकहरूमा पानी जम्दा यातायात व्यवस्था प्रभावित बनेको छ । उपत्यकाबाहिर पनि मनसुनी झरीका कारण पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ ।

राष्ट्रिय राजमार्गहरूका विभिन्न खण्डमा पहिरो खस्ने सम्भावना रहेकाले लामो दूरीका यात्रुहरूलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक प्रहरीले सूचित गरेको छ । यस्तै, खराब मौसमका कारण विभिन्न आन्तरिक उडानहरू समेत प्रभावित भएका छन् ।

नागरिकहरूलाई पनि नदी किनार तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान र शतर्कता अपनाउन अपिल गरिएको छ ।