धारापानीमा तीन सवारीसाधन दुर्घटनामा, ११ जना घाइते

77 Shares

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा तीनवटा सवारीसाधन दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा यात्रुवाहक बस, ट्रक र माइक्रोबस संलग्न थिए ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौं–मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ठोक्किएका हुन् । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरीको ६६ सदस्यीय टोली परिचालन गरिएको थियो ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा लगिएको छ ।