काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा आज तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको विद्युतीय माइक्रो एकआपसमा ठोक्किएका थिए ।
ठक्करपछि अनियन्त्रित भएको स्कार्पियो डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विद्युतीय माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते भएका छन् ।
दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया