काठमाडौं, बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गरेका छन् ।
सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेना प्रमुख वाकरबीच बुधबार भएको भेटवार्तामा आपसी हित तथा नेपाल–बेलायत सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा मंगलबार पनि बेलायती सेनाका विभिन्न उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै, उनले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खाली सैनिकप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया