काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुने गरी चार वर्षको हुनेछ।
पन्तको हालको सीईओ पदको कार्यकाल असोज २३ गते समाप्त हुँदैछ। त्यसलगत्तै उनले नयाँ कार्यकालका लागि पुनः कम्पनीको नेतृत्व सम्हाल्नेछन्।
सञ्चालक समितिको निर्णयअनुसार पन्तले आगामी चार वर्षसम्म एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको व्यवस्थापन तथा सञ्चालनको नेतृत्व गर्नेछन्।
पन्त यसअघि पनि कम्पनीको सीईओका रूपमा कार्यरत रहँदै आएका थिए। उनको पुनर्नियुक्तिसँगै कम्पनीको नेतृत्वमा निरन्तरता कायम हुने भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया